Thursday, February 20, 2014

लागूऔषध विरुद्ध पूनः म्याद थप

लागूऔषध विरुद्ध पूनः म्याद थप
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०६ । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका दुईजना अभियुक्तलाई मंगलबार पूनः दोस्रो पटक जिल्ला अदालतबाट म्याद थप भएको छ ।
गत फागुन २८ गते मंगलबार पक्राउ परेका मलंगवा नगरपालिका–१० का २३ वर्षिय उदयकुमार यादव र जमुनिया गाविस–४ का २२ वर्षिय विजय यादवको कार्वाही प्रकृयाका लागि जिल्ला अदालतले मंगलबार पूनः १५ दिनको म्याद दिएको हो । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन अनुसार कार्वाही प्रकृया अगाडी बढाईएको इलाका प्रहरी कार्यालय हरिपुरले जनाएको छ । अन्य अभियोगमा २५ दिन थूनामा राख्न पाउने भएपनि लागूऔषध विरुद्धको कार्वाहीमा भने अभियुक्तलाई ९० दिनसम्म थूनामा राखेर प्रहरीले अनुसन्धान गर्न पाउने कानूनी व्यवस्था रहेको छ ।
इलाका प्रहरी कार्यालय हरिवनले घुर्कौली र जानकीनगरबीचको जंगल क्षेत्रबाट उनीहरुलाई लागूऔषध सहित पक्राउ गरेको हो । पक्राउ गरे लगतै हरिवन प्रहरीले आवश्यक कार्वाहीका लागि अभियुक्तद्वयलाई हरिपुर प्रहरीको जिम्मा लगाएको थियो ।
यादवद्वयलाई जानकीनगरबाट घुर्कौलीतर्फ ८० बोतल कोरेक्स बोकेर द्यच् घण्म् छण्द्दढ नम्बरको भारतीय मोटरसाईकलमा आउँदै गरेको अवस्थामा घुर्कौली गाविस–६ बाट मंगलबार राती ९ बजे नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ । भारतीय बजारमा सहजै उपलब्ध हुने त्यस्ता औषधीहरु नेपालमा भने कानूनी रुपमा प्रतिबन्धित रहेको छ । त्यस्ता औषधीहरु सर्लाहीका विभिन्न नाकाबाट भित्र्याई जिल्लाको उत्तरी क्षेत्रमा ल्याउने र काठमाडौं सहित मुलुकका विभिन्न शहरहरुमा समेत लागूऔषधको रुपमा कारोबार गर्ने गरिएको जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment