राष्ट्रपति रनिङ शिल्ड जारी
सर्लाही समाचारदाता
हरिपुर, फागुन ०५ । अन्तर विद्यालय जिल्ला स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता अन्तर्गत सोमबार पनि विभिन्न प्रतिष्पर्धाहरु भएका छन् ।
हरिपुरको हात्तिसार खेल मैदानमा जारी पाँचौ रनिङ शिल्ड प्रतियोगितामा सोमबार दौड, जम्प, रिले, लगायत खेलहरुमा प्रतिष्पर्धा भएको छ । एक सय मिटर दौडमा छात्रातर्फ हजारीयाका उमाविकी रन्जिता बोगटी र छात्रतर्फ एमरेष्ट उमावीका जब्दीका मिथुन चौधरी, आठसय मिटर दौडमा छात्रातर्फ हजारीया उमावकी मनिसा भारती र छात्रतर्फ जनज्योति उमावीका सुनिल चौधरी प्रथम भएका छन् ।
त्यस्तै सटपुट तर्फ छात्रामा बेला उमावी ईश्वरपुरका रामनगरका सोनम सिंह र छात्रतर्पm जनज्योति उमावी मिलन लामा प्रथम भएका छन् । त्यस्तै ज्यावलिङ थ्रो तर्फ छात्रामा बरहथवा उमावीकी विष्णु कुमारी ठकुरी र छात्रतर्फ मुर्तीया उमावीका बिरेन्द्र कुशवाह प्रथम भएका छन् भने लङजम्पतर्फ छात्रामा बेला उमावी ईश्वरपुरकी सोनम कुमारी र छात्रतर्फ एभरेष्ट उमावी जब्दीका मिथुन चौधरी प्रथम भएको आयोजकले जनाएको छ । त्यसैगरी चारसय मिटर दौडमा छात्रातर्फ हरिपुर उमावीकी बिनिता चौधरी र छात्रतर्फ मावि डुमरियाका शिवम पासवान प्रथम भएका छन् । जिल्ला खेलकुद विकास समितिद्धारा आयोजित प्रतियोगिता मंगलबार सम्म सञ्चालन हुने छ । प्रतियोगितामा जिल्ला स्थित विभिन्न विद्यालयका २ सय ४७ जना विद्यार्थीहरुले प्रतिष्पर्धा गरिरहेका छन् । विभिन्न २३ विधाका खेलकुदमा प्रथम हुने विद्यार्थीहरुले अन्तर विद्यालय क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन पाउनेछन् ।
No comments:
Post a Comment