Monday, February 17, 2014

वाङ्मय महासभा हुने

वाङ्मय महासभा हुने
सर्लाही समाचारदाता
कर्मैया, फागुन ०५ । ‘भाषा, साहित्य, कला, संस्कृति र स्रष्टा राष्ट्रिय धरोहर हुन्’ भन्ने नाराका साथ स्थापना भएको स्वर्णिम वाङ्मय एवम् नाट्य प्रतिष्ठान कर्मैयाले बुधबार वाङ्मय महासभा गर्ने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष जीवनकुमार आचार्य (निश्चल) का अनुसार महेन्द्र जनता उमावि कर्मैयामा विहान १० बजेबाट महासभा गरिने छ । महासभामा बरिष्ठ गजलकार ज्ञानुवाकर पौडेल, युवाकवि तथा गजलकार बाबु त्रिपाठी, पुरु लम्साल, मनोज न्यौपाने, डा. वियोगी बुढाथोकी, गायक÷संगितकार दिनेश गौतम, अमला अधिकारी र मयामितु न्यौपाने लगायत स्रष्टाहरुको उपस्थिती रहने आचार्यले दावी गरे । स्रष्टाहरुले आ–आÇनो रचना सुनाउने हुँदा इच्छुक जो कसैले पनि कार्यक्रममा उपस्थित भएर सुन्न वा आÇनो रचना वाचन गर्न सक्ने आचार्यले बताए ।

No comments:

Post a Comment