हरिवन प्रहरीको भवन शिलान्यास
सर्लाही समाचारदाता
हरिवन, फागुन ०५ । ईलाका प्रहरी कार्यालय हरिवनका लागी निर्माण हुन लागेको नयाँ भवनको सोमबार शिलन्यास गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी दिनेश कुमार घिमिरे र प्रहरी उपरीक्षक रविन्द्रबहादुर धानुकले संयुक्त रुपमा एक समारोहबीच भवनको शिलान्यास गरेका हुन् । उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष रामभक्त प्रधानको अध्यक्षतामा भएको शिलान्यास समारोहमा इलाका प्रशासन कार्यालय हरिवनका उपसचिव मदनप्रसाद पराजुली, हरिवन गाविसका निवर्तमान अध्यक्ष डिल्लीप्रसाद उप्रेती, हरिवन गाविसका सचिव केदारप्रसाद दाहाल, नेपाली कांग्रेसका हरिवन अध्यक्ष डोरप्रसाद भट्टराई, नेकपा एमालेका हरिवन अध्यक्ष सिताराम पोखरेल, एकिकृत माओवादीका शम्भु गुरुङ, महिला नेतृ शुशिला कार्की, संचारकर्मी चूडामणि वाग्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । हरिवन गाविसका तत्कालिन सचिव राजकुमार थापाको सञ्चालन रहेको कार्यक्रममा उद्योग वाणिज्य संघ हरिवनका महासचिव रामप्रसाद घिमिरेले स्वागत गरेका थिए ।
हरिवन गाविस–९ स्थित नमूना अस्पताल छेउमा रहेको इलाका प्रहरी कार्यालय हरिवनको जग्गामा भवन बन्न लागेको हो । स्वर्गीय पिता बालकृष्ण पोतेको सम्झानामा उनका छोरा बालकुमार पोतेले २०६५ सालमा २ कठ्ठा जग्गा दिएको र स्थानीय व्यापारी, समाजसेवी, बुद्धिजिवी, सर्वसाधारण लगायतसँग संकलन गरिएको आर्थिक सहयोगबाट पोतेसँगै पाँच कठ्ठा खरिद गरिएको जग्गा सहित जम्मा ७ कठ्ठा जग्गामा भवन निर्माण हुन लागेको हो ।
भवनका लागी मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक करोड ३३ लाख रुपैयामा ठेक्का स्वीकृत भई निर्माण कार्य शुरु भईसकेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । निकट भविष्यमा प्रहरी नायव उपरीक्षकको दरवन्दी हुनेहुँदा अन्य स्थानका इलाका प्रहरी कार्यालयको भन्दा बढी बजेटमा केही ठूलो भवन बन्न लागेको बताईएको छ । कार्यालय, व्यारेक (सुत्ने र बस्ने), मेस (खाना पकाउने र खाने) गरि ३ वटा भवन बन्नेछन् । भवन निर्माणका लागि डिएस÷पृथ्वी जेभी काठमाण्डौले ठेक्का साकार गरेर काम शुरु गरिसकेको छ ।
त्यस्तै इलाका प्रशासन कार्यालय हरिवनका लागि पनि प्रहरीको भवन निर्माण स्थल नजिकै १ कठ्ठा साँढे १२ धुर जग्गा प्राप्त भएको र नयाँ भवन निर्माणका लागि पहल गर्नुपर्ने कार्यक्रम स्थलमा जानकारी दिईएको थियो । इलाका प्रशासन कार्यालयलाई स्थानिय मोहनलाल श्रेष्ठ, नवराज घिमिरे र प्रयागराज पोतेले संयुक्त रुपमा सो जग्गा दान गरेका हुन् । भवन निर्माणका लागि बजेट माग गरेर गृह मन्त्रालयको सचिव स्तरीय निर्णयको फाईल सहित अर्थ मन्त्रालयमा सिफारिस पठाईसकिएको र अर्थ मन्त्रालयले आगामी फागुन १५ गते सरोकारवालाहरुलाई बोलाएको मोहनलाल श्रेष्ठले बताए । इलाका प्रशासनको भवन निर्माणका लागि बजेट ल्याउन पहल गर्नका लागि सक्दो सहयोग पु¥याउन पनि सम्बन्धित सबैलाई कार्यक्रममा आग्रह गरिएको थियो ।
No comments:
Post a Comment