क्षयरोगी पहिचानलाइ निशुल्क शिविर
सर्लाही समाचारदाता
मलंगवा, फागुन १३ । क्षयरोगी पहिचान गर्नका लागी जिल्लाका विभिन्न स्थानमा निशुल्क शिविर शुरु भएको छ ।
जिल्लाको ९९ सय गाविसलाई लक्षितगरी पाँच गासिवसमा शिविरको संचनलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लाभरी एकहजार क्षयरोगीेको तथ्याङ्क रहेको र थप रोगीहरुको पहिचान गर्न शिविरको आयोजना गरेको क्षय तथा कुष्ठरोग अधिकृत शाहबुद्धिन मिकरानीले जानकारी दिए ।
मंगलवारदेखि ढुंग्रेखोला स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा बुभवारसम्म सहभागीहरुको निशुल्क खकार जाच्ने कार्य भएको स्वास्थ्य चौकीले जनाएको छ । विहिवारदेखि भक्तिपुर, परवानीपुर र पर्सा गाविसमा शिविरको आयोजना गरिने बताईएको छ ।
श्वासप्रश्वासको माध्यमबाट सर्ने क्षयरोग भएका बिरामीहरुलाई दुई हप्ता सम्म निरन्तर खोकी लागिरहेने चिकित्सकहरुको कथन छ । सरुवा रोग भएपनि यसको औषधी सम्पूर्ण स्वास्थ्य संस्थामा निशुल्क पाईने बताईएको छ । कार्यालयले गत ११ र १२ गते जिल्लाको मधुवन गोठमा आयोजना गरिएको शिविरमा क्षयरोगको लक्षण देखा नपरेको कुष्ठरोग अधिकृत मिकरानीले बताए ।
No comments:
Post a Comment