Sunday, February 16, 2014

सवारी दुर्घटनामा दुईजना घाईते

सवारी दुर्घटनामा दुईजना घाईते
सर्लाही समाचारदाता
हरिवन, फागुन ०४ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत विभिन्न स्थानमा भएको छुट्टाछुट्टै दुर्घटनामा दुईजना घाईते भएका छन् ।
हरिवन गाविस–९ स्थित राजमार्गमा बसको ठक्करबाट सासापुर गाविस–१ का १५ वर्षिय सुरज अधिकारी घाईते भएका छन् । एकजना घाईते भएका छन् । हरिवनबाट पूर्व तर्फ जाँदै गरेको बा. १ ख ६७८१ नम्वरको बसको ठक्करबाट घाईते अधिकारीको नवलपुर स्थित जया हेल्थ केयरमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । ठक्करदिने बस र चालकलाई ईलाका प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा राखिएको छ ।
त्यस्तै पूर्व पश्चिम राजमार्ग अन्तर्गत रानीगंजमा मोटरसाईकल दुर्घटनामा परी गम्भिर घाईते भएका पुरुषको भरतपुरमा उपचार भैरहेको छ । शनिबार साँझ रानीगंज गाविस–२ मा आफैले चलाएको मोटरसाईकल दुर्घटनामा पर्दा धनुषा किसननगर गाविस–५ का ४२ वर्षिय खेम बहादुर बाँनिया गम्भिर घाईते भएका हुन् । रानीगंज स्थित स्थानीय क्लिनिकमा सामान्य उपचार पछि बाँनियालाई थप उपचारका लागि भरतपुर पठाईएको प्रहरीले जनाएको छ । पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना. २७ प २३६० नम्वरको मोटरसाईकलमा सवार बाँनिया कालिन्जोर पूल नजिकै दुर्घटनामा परेका हुन् । दुर्घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment