Sunday, February 16, 2014

३३ गाविस अनुतीर्ण

३३ गाविस अनुतीर्ण
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०४ । सर्लाहीका ३३ वटा गाविसहरु आर्थिक वर्ष ०६९÷०७० को न्यूनतम शर्त मापनमा अनुतीर्ण भएका छन् ।
प्रारम्भिक प्रतिवेदन अनुसार जिल्लाको ६६ गाविस मात्र उतिर्ण भएको जिल्ला विकास समितिले जनाएको छ । ९९ गाविस रहेको सर्लाहीमा ७ गाविसले मुल्यांकनकर्तालाई आवश्यक कागजात नै नदिएको र २६ वटा गाविस शर्तमापनमा अनुत्तीर्ण भएको बताईएको छ ।
जिल्ला विकास समितिमा प्राप्त कागजातको आधारमा परिणाम निकालिएको भएपनि अन्तिम नतिजा भने स्थानीय विकास मन्त्रालयले नै निकाल्ने बताईएको छ । मन्त्रालयले विभिन्न सात सुचकको आधार पुरा गरे नगरेको आधारमा परिणाम निकाल्नेछ । गाउँ परिषद, योजना सञ्चालन, सामाजिक सुरक्षा भत्ता निकासा, पेश्कि फछ्र्यौट, किस्ताहरुको निकासा लगायत विभिन्न ७ वटा सूचकका ५० बुँदामा गाविसको परिक्षण हुने र नियमअनुसार नभएका गाविसहरु फेल हुने जिविसले जनाएको छ । फेल हुने गाविसलाई थप अनुदान रकम नआउने सहित अन्य सुविधाहरुपनि कटौती हुने बताईएको छ ।

No comments:

Post a Comment