Sunday, February 16, 2014

मोटरसाईकलको ठक्करबाट घाईते

मोटरसाईकलको ठक्करबाट घाईते
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०३ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत लालबन्दीमा शनिवार मोटरसाईकलको ठक्करबाट एक महिला गम्भिर घाईते भएकी छन् ।
पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको ज २ प ४९७३ नम्वरका मोटरसाईकलको ठक्करबाट लालबन्दी ४ की ४० वर्षिया राम्रीमाया विश्वकर्मा गम्भिर घाईते भएकी हुन् ।  ठक्करबाट गम्भिर घाईते भएकी विकको लालबन्दी स्थित मोडल हस्पिटलमा सामान्य उपचार पछि थप उपचारका लागी भरतपुर पठाईएको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक ईश्वरपुर ४ का सुनिल शर्मालाई ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा लिएकोे छ ।

No comments:

Post a Comment