सशस्त्रद्वारा मल बरामद
सर्लाही समाचारदाता
गोडैता, फागुन ०६ । सशस्त्र प्रहरीले मंगलबार गोडैताबाट ठुलो परिमाणमा मल बरामद् गरेको छ ।
भारतबाट भन्सार छलेर ल्याईएको मल लुकाएर राखेको अवस्थामा गोडैता गाविस–७ स्थित एक स्थानीयको गाईबस्तु बाँध्ने गोठबाट मल बरामद् भएको हो । सुराकीका आधारमा खटिएको सशस्त्र प्रहरीको एक टोलीले सीमा क्षेत्रबाट करिव ६ किलोमिटर उत्तरमा रहेको उक्त स्थानबाट दुई सय ४३ बोरा मल बरामद् गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय मलंगवाबाट प्रहरी निरीक्षक राज कुमार झाको नेतृत्वमा खटिएको प्रहरीले एकसय पाँच बोरा युरिया र एक सय ३८ बोरा डिएपी मल बरामत गरेको हो । बरामत गरिएको तीन लाख आठ हजार बराबरको मल जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ ।
गोठमा परालको कुनिउँ भित्र मल राखेको भएपनि मल राख्ने व्यक्तिको भने पहिचान नखुलेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment