शिक्षक संगठनको प्रशिक्षण सम्पन्न
सर्लाही समाचारदाता
नवलपुर, फागुन ०३ । नेपाल राष्ट्रिय शिक्षक संगठनको दुई दिने प्रशिक्षण गोष्ठी शनिबार सम्पन्न भएको छ ।
सर्लाही सहित सिन्धुली, महोत्तरी र धनुषाका शिक्षक प्रतिनिधि सहभागि गोष्ठीमा नेपाल राष्ट्रिय शिक्षक संगठनका राष्ट्रिय अध्यक्ष बाबुराम थापा र नेपाल राष्ट्रिय शिक्षक संगठनका जनकपुर अञ्चल समन्वय समितिका संयोजक तोमप्रसाद काÇलेले प्रशिक्षण दिएका थिए । प्रशिक्षकद्वयले कार्यक्रममा शिक्षकहरुको हकहितका बारेमा जानकारी दिएका थिए । कार्यक्रम उद्घाटन समारोहमा संगठनका जिल्ला अध्यक्ष नरेन्द्र यादवले स्वागत मन्तव्य राखेका थिए भने चार जिल्लाका शिक्षक नेताहरुलाई शिक्षक संगठन सुदृढिकरण एवं नेतृत्व क्षमता विकास सम्बन्धि तालिम दिईएको थियो । कार्यक्रममा संगठनका केन्द्रीय सदस्य पिकि साह, भुलबाबु, हरि काÇले, टिकाबहादुर देवकोटा लगायतले मन्तव्य राखेका थिए ।
No comments:
Post a Comment