सामाग्री बरामद
सर्लाही समाचारदाता
गौरीशंकरपुर, फागुन ०९ । नेपाल विद्युत प्राधिकरण लालबन्दी प्रशाखाको चुहावट नियन्त्रण टोलीले शुक्रवार गौरीशंकरबाट विभिन्न विद्युतिय सामाग्री बरामत गरेको छ ।
विद्युत प्रवाह गरिएको नाङ्गो तारबाट हुकिङ् गरेर सञ्चालन गरिएको तीन थान समरसियल मोटर र एक साथ सिङ्गलफेज मोटर बरामत गरिएको हो । प्रशाखाका सुपरभाईजर मोहन सिंहको नेतृत्वमा गएको टोलीले सामाग्री बरामत गरिएको प्रशाखा प्रमुख दयानन्द झाले जानकारी दिए । हुकिङ् नियन्त्रणमा प्राधिकरणका कर्मचारीहरु मात्र गएका कारण मोटरधनीहरु पक्राउ पर्न नसकेका झाले बताए ।
यसैगरी लामो समयदेखि बक्यौता नबुझाउने ग्राहकरुको विद्युत लाईने काट्ने कार्यलाई समेत तीव्रता दिईएको प्रशाखा लालबन्दीले जनाएको छ ।
No comments:
Post a Comment