लुटपाटमा पूनः सातदिने म्याद थप
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०५ । लुटपाटको आरोपमा पक्राउ परेका तीनजनलाई जिल्ला अदालतबाट सोमबार पूनः ७ दिने म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार साँझ मोतिपुर गाविस–३ का २७ वर्षिय राजेश साह, १८ वर्षिय दिनेश साह र खुटौना गाविस–६ निवासी १८ वर्षिय सुरज पासवान लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका थिए । उनीहरु तीनजनालाई नै रजहनी चोरी आरोपमा जिल्ला अदालतबाट म्याद थप गरि कार्वाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ । नलकटुवा र गोली सहित नियन्त्रणमा परेका उनीहरुलाई हातहतियार तथा खरखजाना ऐन अनुसार पनि कार्वाही प्रकृया अगाडी बढाईने जिल्ला प्रहरी कार्यालय स्रोतले बतायो ।
बुधबार साँझ साढे ५ बजे सेखौना गाविस–३ स्थित गाउँमा मोटरसाईकलमा हिडिरहेका दम्पतिमाथि लुटपाट गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बरहथवाबाट हरकठवा गाविस–९ स्थित घरतर्फ मोटरसाईकलमा गईरहेका जंगली महतो दम्पतिमाथि लुटपाट भएको प्रहरीले बतायो । घटना हुने वितिकै स्थानीय गाउँलेहरुले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए । उनीहरुको साथबाट नगद २९ हजार ५ सय र नलकटुवा पेस्तोल १ थान एवं त्यसमा लाग्ने गोली ४ थान बरामद् भएको छ ।
प्रहरीले लुटपाटमा संलग्नहरु चढेको द्यच् घण् ब् ठडघढ नम्बरको हिरोहोण्डा मोटरसाईकल पनि बरामद् गरेको छ । दम्पतिबाट १ लाख ११ हजार नगद लुटिएको दावी आएको र लुटेरा समूहबाट २९ हजार पाँचसय मात्र बरामद् भएकाले लुटपाटको घटनाबारे गम्भिर रुपमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment