सर्लाहीका सभासद्लाई संविधान सभामा रोक
हरिवन, फागुन ०६ । एकिकृत माओवादीकातर्फबाट चयन भएका समानुपातिक सभासद शम्भु पासवान हजारीलाई संविधानसभा अदालतले संविधानसभा भवन पस्न रोक लगाएको छ ।
सर्लाहीको बगदह निवासी हजारी एमाओवादीका तर्फबाट समानुपातिक सभासद्मा चयन भएका हुन् । उम्मेदवारी प्रक्रियामै कानुन मिचेर गडबड भएको भन्दै हजारीको सभासद पद खारेज हुनुपर्ने माग राखेर एमाओवादीकै उम्मेदवार सुमित्रादेवी कलवारले अदालतमा उजुरी दिएकी थिइन् । सोही उजुरीको सुनुवाई गर्दै संविधानसभा अदालतका अध्यक्ष न्यायाधीश कल्याण श्रेष्ठ तथा सदस्यहरू गिरीशचन्द्र लाल र सुशीला कार्कीको इजलासले सोमबार जारी गरेको अन्तरकालीन अन्तरिम आदेशअनुसार हजारीको उम्मेदवारी प्रक्रियामै कानुन मिचिएकाले रोक लगाउन आदेश दिएका हुन् ।
समानुपातिकतर्फको बन्दसूची पेस गर्दा हजारी राष्ट्रिय दलित आयोगका सदस्य थिए । कानुनअनुसार सरकारी लाभको पदमा बसेको व्यक्ति उम्मेदवारी दिन अयोग्य ठहरिन्छ । हजारीले भने सभासद चुनिएपछि पुस १४ गते आयोगबाट राजीनामा दिएका थिए ।
No comments:
Post a Comment