काँचो काठ काट्नेलाई जरिवाना
सर्लाही समाचारदाता
पत्थरकोट, फागुन ०४ । पञ्चकन्या सामुदायिक वन पत्थरकोटले वन क्षेत्रबाट काँचो दाउरा काट्ने चारजनालाई जरिवाना गरेको छ ।
पत्थरकोट गाविस–२ र ३ मा रहेको सामुदायिक वनमा क्षति पु¥याउने चारजनालाई जरिवाना गरिएको हो । वनमा जथाभावी काँचो काठ दाउरा काट्ने चार जनालाई जरिवाना स्वरुप २२ हजार तीन सय ६० रुपैँया तिराईएको छ । उपभोत्ता समितिहरुले संयुक्त रुपमा मिलेर जरिवाना तिराएको जिल्ला वन कार्यालयले जनाएको छ ।
वन क्षेत्रमा काँचो काठ दाउरा काटेको आधारमा उनीहरुलाई नियन्त्रणमा लिईएको थियो । नियमि विपरित काठ दाउरा काट्नेमाथि जरिवाना सहित कडा कार्वाही गरिने सामुदायिक वनले जनाएको छ ।
No comments:
Post a Comment