Sunday, February 16, 2014

उपराष्ट्रपति झा फर्किए

उपराष्ट्रपति झा फर्किए
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०३ । सदरमुकाम मलंगवा स्थित स्वर्णिम एफएमको उद्घाटन गर्न शुक्रबार आएका उपराष्ट्रपति परमानन्द झा शनिबार काठमाण्डौतर्फ फर्केका छन् ।
शनिबार अपरान्ह २ बजे उपराष्ट्रपति झाले सर्लाहीको कर्मैया नाका छाडेको जिल्ला स्थित सुरक्षा निकायले जनाएको छ । शुक्रबार मध्यान्ह १२ बजे कमैया नाकाबाट सर्लाहीतर्फ छिरेका उपराष्ट्रपति झा २४ घण्टाभन्दा बढी समय सर्लाहीमा विताएका थिए । शुक्रबार अपरान्ह सबा १ बजे सदरमुकाम मलंगवा प्रवेश गरेका उपराष्ट्रपति झाले दिउँसो ३ बजे स्वर्णिम एफएमको उद्घाटन गरेका थिए । उक्त एफएमको उद्घाटन दिउँसो १ बजे गर्ने पूर्वनिर्धारित कार्यक्रम रहेको थियो ।
एफएम उद्घाटन पश्चात उपराष्ट्रपति झा साँझ सदरमुकाम मलंगवा स्थित आशिर्वाद होटलमा बास बसेका थिए । शनिबार विहान सदरमुकाम मलंगवा स्थित मलंगवाबा र दुर्गा भगवती मन्दिरको दर्शन गरेका उपराष्ट्रपति झाले नवलपुरतर्फ जाने क्रममा चमेलीमाई मन्दिरको समेत दर्शन गरेका थिए । मलंगबाबा र दुर्गा भगवती मन्दिरको सहज दर्शन गरेका उपराष्ट्रपति झाले पुजारीको अभावमा चमेलीमाईको भने नजिकबाट दर्शन गर्न पाएनन् । उपराष्ट्रपति झालाई जिल्ला स्थित सुरक्षा निकायले उच्च सुरक्षाका साथ कर्मैया नाकाबाट सर्लाहीतर्फ भित्र्याउने र सदरमुकाम मलंगवाबाट कर्मैया नाकासम्म पु¥याउने काम गरेको थियो ।

No comments:

Post a Comment