Thursday, February 20, 2014

जनज्योतीमा विद्यार्थीलाई विदाई

जनज्योतीमा विद्यार्थीलाई विदाई
–राकेश गुप्ता÷सर्लाही दैनिक
लालबन्दी, फागुन ०६ । जनज्योति बहुमुखी क्याम्पस लालबन्दीका स्नातक तह तेस्रो वर्षको अध्ययन पुरा गरेका विद्यार्थीहरुलाई मंगलबार एक समारोहको आयोजना गरी बिदाई गरिएको छ ।
नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले क्याम्पस परिसरमा विविध कार्यक्रमका साथ विदाई गरेको हो । विहान भएको कार्यक्रम अनेरास्ववियु क्याम्पस ईकाई कमिटीका अध्यक्ष टेष्टराज भण्डारीको अध्यक्षता एवं केन्द्रीय सचिव राधिका खतिवडाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा क्याम्पसका प्राध्यापकहरु सुनिल चौधरी, बाबुराम दाहाल, सविन खनाल, अनेरास्ववियुका जिल्ला अध्यक्ष सुनिल श्रेष्ठ, उपाध्यक्ष मोहन भण्डारी, नेविसंघ स्ववियु अध्यक्ष युवराज देवकोटा लगायतले मन्तव्य राखेका थिए । हाँस्य कलाकार राजा राजेन्द्र दाहालले वर्तमान राजनैतिक एवं सामाजिक विकृति विसंगति विरुद्ध विभिन्न खाले हाँस्य प्रहसन समेत प्रस्तुत गरेको कार्यक्रममा स्थानीय विद्यार्थीहरुले समेत आ–आÇनो कला एवं प्रतिभा प्रस्तुत गरेका थिए ।

No comments:

Post a Comment