Monday, February 17, 2014

जिल्ला परिषद् फागुन २६ गते हुने

जिल्ला परिषद् फागुन २६ गते हुने
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०५ । जिल्ला विकास समितिको जिल्ला परिषद् आगामी फागुन २६ गते हुने भएको छ ।
सोमबार बसेको जिल्ला विकास समितिको कार्यालय तथा विभिन्न विकासे सरकारी कार्यालय एवं सरोकारवाला गैर सरकारी संघ संस्थाहरुका प्रमुख एवं प्रतिनिधिहरुको समन्वय बैठकले फागुन २६ गते जिल्ला परिषद् गर्ने निर्णय गरेको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए ।
सहायक प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी सहित जिल्ला विकास समितिको कार्यालय, जिल्ला कृषि विकास कार्यालय, जिल्ला शिक्षा कार्यालय, जिल्ला पशु सेवा कार्यालय, जिल्ला वन कार्यालय, जिल्ला भू–संरक्षण कार्यालय, महिला तथा बालबालिका कार्यालय, डिभिजन सिचाई कार्यालय, डिभिजन खानेपानी तथा सरसफाई कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय लगायत विभिन्न विकासे सरकारी कार्यालय एवं गैर सरकारी संघ संस्थाहरुको समन्वयमा बैठकले जिल्ला परिषद्को निर्णय गरेको हो ।
आगामी फागुन ११ र १२ गते वन तथा वातावरण समिति, सामाजिक विकास समिति, भौतिक पूर्वाधार विकास समिति र आर्थिक विकास समितिको बैठक बस्ने तथा फागुन २० गते एकिकृत योजना तर्जूमा बैठक बस्ने तय गरिएको स्थानीय विकास अधिकारी बस्नेतले बताए । इलाका स्तरीय योजना तर्जूमा गोष्ठीबाट माग भई आएका योजनाहरुलाई लिपिबद्ध गरेर अन्य विकासे कार्यालय तथा गैर सरकारी संस्थाहरुलाई दिईसकिएको र आ–आफूसँग सम्बन्धित योजनाहरुको बारेमा विषयगत समितिबाट छलफल भई एकिकृत योजना तर्जूमा बैठकले निर्णय गर्ने बताईएको छ । ‘‘अहिलेसम्मको परिस्थिती अनुसार फागुन २६ गते जिल्ला परिषद् गर्ने गरि कामकार्वाही अगाडी बढाईएको छ ।’’ स्थानीय विकास अधिकारी बस्नेतले भने–‘‘त्यस्तो केही भैपरि आएमा भने मिति यताउता हुन सक्छ ।’’

No comments:

Post a Comment