चेस प्रतियोगिता सम्पन्न
सर्लाही समाचारदाता
हरिपुर, फागुन १५ । जिल्ला सदरमुकाम मलंगवामा विहिवार जील्ला स्तरीय चेस प्रतियोगिता सम्पन्न भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा सर्लाहीका १६ जना खेलाडीहरुले सहभागिता जनाएका समितिका जिल्ला सचिव अरुण भुजेलले जानकारी दिए । प्रतियोगितामा मलंगवाका कृष्णदास श्रेष्ठ प्रथम र मोहन श्रेष्ठ दोस्रो र सिसौटियाका शिवशंकर मिश्र तेस्रो भएका थिए । प्रतियोगिताका बिजेताहरुलाई समाजसेवी दिनेश रायले शील्ड, मेडलका साथ नगद पुरस्कार वितरण गरेका थिए । बुधवार देखी प्रतियोगिता शुरु भएको थियो ।
No comments:
Post a Comment