मुटु रोगीलाई सहयोग प्रदान
–जनार्जन खत्री
लालबन्दी, फागुन ०३ । मुटु रोगबाट पीडित नारायणखोला–४ का २५ वर्षिय सोमलाल थिङको उपचारका लागी संकलन भएको पाँचहजार रुपैँया शनिवार उनलाई हस्तान्तरण गरिएको छ ।
विभिन्न सञ्चार माध्यममा उनको आर्थिक अभावमा उपचार हुन नसकेको समाचार प्रकाशन तथा प्रशारण भएपछि उनलाई उपचार सहयोगका लागि संकलित रकम हस्तान्तरण गरिएको हो । समाचार प्रकाशन÷प्रसारण भएपछि थिङलाइ बैदेशिक रोजगारका क्रममा कतारमा रहेका उदयपुर ओख्ले–१ का गोपाल बहादुर खत्रीले पाँचहजार आर्थिक सहयोग प्रदान गरेका थिए ।
संकलित रकम शनिवार रेडियो एकताका कार्यवाहक अध्यक्ष एवं जनज्योति उमावि व्यवस्थापन समितिका अध्यक्ष कुवेर आचार्य र रेडियोका सञ्चालक समितिका सदस्य कृष्णप्रसाद तिमल्सिनाले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन । लालबन्दी बजारमा ठेला चलाएर परिवारको साहारा बनेका थिङको मुटुको भल्बले काम नगरेको भएपनि आर्थिक अभावमा उपचार हुने सकेको थिएन् ।
सम्पतीको नाममा सानो झुपडी बाहेक कुनै सम्पती नभएका थिङलाई अस्पतालले यहि फागुन ५ गते सम्म तीनलाख रुपैँया जम्मा गर्नु पर्ने बताएको जनाउदै थिङले आफुहरुलाई ९८१७८६२६९८ नम्वरको मोवाईलमा सम्पर्क गरी आर्थिक प्रदानगर्न अनुरोध गरेका छन ।
No comments:
Post a Comment