Sunday, February 16, 2014

महिलाहरु सफाईमा लागे

महिलाहरु सफाईमा लागे
सर्लाही समाचारदाता
ढुंग्रेखोला, फागुन ०३ । ढुंगे्रखोला गाविस–६ धरहराका स्थानीय महिलाहरु आÇनो गाउँ टोलको सरसफाईमा सक्रिय भएर लागेका छन् ।
स्थानीय महिलाहरुले हाल प्रत्येक हप्ता आÇनो गाउँ क्षेत्रको बाटो, सार्वजनिक स्थल, स्वास्थ्य संस्था सरसफाईलाई तीव्र पारेका हुन् । शनिबार पनि आफुहरुले वडा नम्वर ६ देखि प्रहरी चौकी सम्मको सडक सरसफाई गरेको स्थानीय महिलाहरुले बताएका छन् ।
खुशीयाली र मनकामना महिला समूहको सक्रियतामा सडक सरसफाई गरिएको हो । बिन्दु लामाको नेतृत्वमा भएको सरसफाई कार्यक्रममा स्थानीय ६० जना भन्दा बढी महिलाहरु सहभागी भएका थिए । आफुहरु निरन्तर गाउँ टोलको सरसफाईमा लागी रहने महिलाहरुको भनाई छ ।

No comments:

Post a Comment