Sunday, February 16, 2014

संघको पदस्थापन कार्यक्रम सम्पन्न

संघको पदस्थापन कार्यक्रम सम्पन्न
सर्लाही समाचारदाता
लालबनन्दी, फागुन ०३ । नेपाल शिक्षक संघ क्षेत्रिय समितिको पदस्थापन कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिक्षक संघका क्षेत्रीय अध्यक्ष अशोक डिमडोङ सभापती, संगीता श्रेष्ठ उपाध्यक्ष, विनय कुमार झा सचिव, अशोक घिमिरे सहसचिव, मिथिला कोइराला कोषाध्यक्ष र सदस्यहरुमा अजिता पौडेल लगायत रहेको समितिले पदस्थापन गरेको हो । नेपाल शिक्षक संघका जिल्ला कार्य समिति कोषाध्यक्ष नवीन चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काँग्रेसका प्रजातन्त्र सेनानी घनश्याम ढुङ्गेल, नेताहरु कुवेर आचार्य,सुरेन्द्र न्यौपाने, लगायत अतिथी रहेका थिए ।
उद्धव पौडेलको सञ्चालन तथा आशा सापकोटाको स्वागतमा सञ्चालन भएको कार्यक्रममा ऋषी तिमल्सिना लगायतले मन्तव्य राखेका थिए । साथै संघको भेलाले बिन्देश्वर सिंह अध्यक्ष रहेको ७ सदस्यिय सल्लाहकार समति समेत चयन गरेको छ । जसको सदस्यहरुमा ऋषिराम तिमल्सिना, महेश बराल, उद्धव पौडेल, लक्ष्मी बाँनिया, प्रेम चौधरी, गणेश कार्की लगायत रहेका छन् ।

No comments:

Post a Comment