चितायन मेला शुरु
सर्लाही समाचारदाता
हरिपुर, फागुन १५ । माहाशिवरात्रीको अवशरमा विहिवारदेखि हरिपुर ५ मा ऐतिहासिक चितायन मेला शुरु भएको छ । जिल्लाकै ऐतिहासिक महत्व बोकेको चितायन माहादेव मन्दिरमा प्रत्येक वर्ष शिवरात्रीको अवसरमा मेला लाग्दै आउने गरेको छ ।
चितायन महादेव मन्दिर विकास समितिको आयोजनामा शुरु भएको मेला २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । मेलामा कृषिका साथै विभिन्न स्टलहरु राखिएको र यस वर्ष विभिन्न जातजातीको भेषभुषा झल्कने नृत्य प्रस्तुत गरिने स्थानीय लक्ष्मीनाथ युवा क्लबका अध्यक्ष नरहरि धामीले जानकारी दिए । विभिन्न खेलकुदका साथै अन्य स्टलहरु राखेको मेलामा विहिवार विहानैबाट भतmजनहरुको भिड लागेको आयोजकले जनाएको छ । मेला हेर्नका छिमेकी जिल्लाबाट समेत मानिसहरु आउने गरेका छन् । मेला स्थलमा जिल्ला कृषि विकास कार्यालयले कृषि तथा उखु प्रदर्शनी समेत गरेको छ ।
No comments:
Post a Comment