वनको रासनमा विवाद
सर्लाही समाचारदाता
लालबन्दी, फागुन ०८ । जिल्ला वन कार्यालय अन्तर्गतका सशस्त्र वन रक्षकलाई रासन उपलब्ध गराउँदा लिन नमानेको सम्बन्धित ठेकेदारले गुनासो गरेका छन् ।
ठेक्का परेर रासन पु¥याउँदा जिल्ला वन कार्यालय लालबन्दी, इलाका वन कार्यालय मूर्तिया र पूmलजोरमा कोर्ट मास्टरहरुले नबुझेको टेण्डर परेको जय श्रीराम जेनरल अर्डर सप्लायर्सका सञ्चालक शिवकिशोर सिंहले बताए । ‘‘रासनको ठेक्का सदर भएपछि मैले माघ २८ गते जिल्ला वन कार्यालय र इलाका वन कार्यालयहरुमा ट्रयाक्टरमा रासन सम्बन्धि सामानहरु पु¥याँए ।’’ उनले भने–‘‘तर कतैपनि बुझ्न मानिएन, रासन खुवाउने टेण्डर परेकाले मैले रासन नै पु¥याएको हुँ तर नबुझेर मलाई समस्यामा पार्ने काम भैरहेको छ ।’’ रासन वापतको सामान वनका रक्षकहरुले बुझ्न नमान्दा आफू निकै समस्यामा परेको सिंहले गुनासो गरे । समस्याबारे जिल्ला वन कार्यालयमा लिखित निवेदन पेश गरेपनि कुनै सुनुवाई नभएको सिंहको कथन छ । उनले जिल्ला प्रशासन कार्यालय, वन विभाग र कोष लेखा नियन्त्रक कार्यालय मलंगवामा समेत निवेदनको बोधार्थ गरेका छन् ।
जिल्ला वन अधिकृत केदार दाहालले भने आफूले रासन ठेक्कामा टेण्डर स्वीकृत गर्ने लगायतका काम सम्पन्न गरेको र अन्य कुराहरुमा भने रासन खाने तथा खुवाउने पक्षबीच समझदारी हुनुपर्ने बताए । समस्या समाधानमा पहल सुरु गरिसकेको समेत जिवअ दाहालले जानकारी दिए । स्रोतका अनुसार सशष्त्र वन रक्षकहरुले विगत वर्षमा रासन वापत ठेकेदारसँग रकम नै लिने गरेपनि सिंहले भने जबर्जस्ती रासन नै खुवाउन खोजेकाले उनीहरुले बुभ्mन नमानेको बताईएको छ ।
No comments:
Post a Comment