जिविस चोकको नाम ‘शहिद चोक’
सर्लाही समाचारदाता
मलंगवा, माघ २१ । तराई मधेश सद्भावना पार्टी नेपालका राष्ट्रिय अध्यक्ष महेन्द्र प्रसाद यादवले मधेश आन्दोलन ०६३ का क्रममा सर्लाहीबाट सहादत प्राप्त गरेका शहिदहरुको शालिक निमार्णमा पार्टीको तर्फबाट ३ लाख रुपैया सहयोगको घोषणा गरेका छन् ।
मंगलबार सदरमुकाम मलंगवा स्थित शिक्षक भवनमा आयोजित कार्यक्रममा तमसपा नेपालका अध्यक्ष एवं भर्खरै सम्पन्न संविधान सभा निर्वाचनमा क्षेत्र ं. ४ बाट निर्वाचित सभासद् यादवले सो घोषणा गरेका हुन् । अध्यक्ष यादवले पार्टीका तर्पmबाट जिल्ला स्थित सभासद्हरु नरेन्द्र साह, अम्रीका कुमारी र आफू समेतको संसदीय विकास कोषबाट १–१ लाख रुपैया सहिद स्तम्भ निर्माणका लागि सहयोग गर्ने घोषणा गरे । अध्यक्ष रायले यसअघि नै शालिक निर्माणका लागि साँढे ३ लाख दिईसकेको बताईएको छ ।
मधेश आन्दोलनका शहिदहरुको स्मृतिमा आयोजित कार्यक्रममा मलंगवा स्थित जिविस चोकलाई मधेश आन्दोलनका सहिद चोक नामाकरण गरिएको घोषणा समेत गरिएको तमसपा नेपालका सचिव जबाहर रायले बताए । ‘‘अबदेखि जिविस चोकलाई सहिद चोक नामाकरण गर्ने घोषणा भएको छ ।’’ रायले भने । मधेश आन्दोलनका क्रममा २०६३ माघ २० गते सर्लाही श्रीपुरका राम एकवाल रायले सहादत प्राप्त गरेका थिए भने माघ २१ गते गम्हरियाका दिनेश यादव, सलेमपुरका राम नारायण साह, मदनपुरका संजय राय र मलंगवाका आशिक अली मिकरानी शहिद भएका थिए । रामएकवाल रायले सहादत प्राप्त गरेको दिन हरेक वर्ष माघ २१ गते सहिदहरुको सम्झनामा स्मृति सभा आयोजना गर्ने गरिएको छ ।
पाँचैजना सहिदहरुको प्रतिमा राख्नका लागि रामएकवाल रायकी श्रीमती पूर्व सभासद् सुमित्रादेवीको अध्यक्षतामा सहिदको शालिक निर्माण समिति क्रियाशिल रहेको छ । उक्त समितिलाई सघाउन पूर्व प्रअ महेन्द्र कर्णको संयोजकत्वमा तीन सदस्यीय समिति समेत मंगलबार गठन भएको छ । उक्त समितिमा तमसपा नेपालका सचिव जबाहर राय र डा. अब्दुल रहिम मिकरानी रहेका छन् । पाँचैजना सहिदको शालिक बनारसबाट बनेर आईसकेको र जिविस चोक स्थित पार्कमा आगामी जेष्ठ मसान्त भित्र शालिक स्थापना गरिने जवाहर रायले बताए ।
सहिद दिनेश यादवका पिता विद्यानन्द यादवको सभापतित्व रहेको कार्यक्रममा तमसपा नेपालका अध्यक्ष महेन्द्र यादव प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा तमसपा नेपालका केन्द्रीय सदस्य कौशलकिशोर यादव, संजय गुप्ता, रामपदारथ साह, पूर्व सभासद् सुमित्रा देवी, किरणदेवी राय, सद्भावनाका केन्द्रीय सदस्य डा. अब्दुल रहिम मिकरानी लगायतले बोलेका थिए ।
No comments:
Post a Comment