Tuesday, February 11, 2014

तामाङ सञ्चारकर्मीहरु संगठित

तामाङ सञ्चारकर्मीहरु संगठित
सर्लाही सामाचारदाता
हरिवन, माघ २८ । सर्लाही स्थित तामाङ समुदायका सञ्चारकर्मीहरु संगठित भएका छन् ।
मंगलबार हरिवनमा भएको भेलाले तामाङ सञ्चार समूहको जिल्ला तदर्थ समिति गठन गरेको हो । बरहथवामा रहेको रेडियो मुक्तेश्वरकी सीता घिसिङको अध्यक्षतामा गठन भएको समितिमा लालबन्दीमा रहेको रेडियो एकताका आदर्श थिङ उपाध्यक्ष, रौतहटमा रहेको रेडियो गुञ्जनका उपेन्द्र गोले सचिव, रेडियो सर्लाहीका राजु लो कोषाध्यक्ष, लालबन्दीमा रहेको ढुकढुकी एफएमकी दीपा स्याङ्तान सह–सचिव तथा सदस्यमा चन्द्रबहादुर जिम्बा र लोकराज सिङ्तान रहेका छन् ।
साथै भेलाले आगामी फागुन ७ गते लालबन्दीमा उक्त तामाङ सञ्चार समूहको प्रथम जिल्ला अधिवेशन गर्ने निर्णय पनि गरेको छ । उक्त समूहले आम सञ्चारका माध्यमबाट तामाङ समुदायको भाषा, संस्कृति तथा पहिचानका विषयमा जागरण ल्याउने जनाइएको छ । नेपाल तामाङ घेदुङका जिल्ला अध्यक्ष हिराकाजी योन्जनको प्रमुख आतिथ्यमा भएको भेलामा विभिन्न अतिथिहरुले मन्तव्य राखेका थिए ।

No comments:

Post a Comment