अनेरास्ववियु क्रान्तिकारीको पुर्नगठन
सर्लाही समाचारदाता
लालबन्दी, माघ २० । लालबन्दीमा स्थित जनज्योति उमाविमा सोमबार नेकपा माओवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू क्रान्तिकारीको पुर्नगठन गरिएको छ ।
प्रदिप कार्कीको अध्यक्षतामा १३ सदस्यिय इकाई कमिटी पुर्नगठन गरिएको हो । पुर्नगठित कमिटीको उपाध्यक्षमा अविनास साशंकर र सियासरण मण्डल, सचिवमा मनिष चौधरी, सहसचिवमा गणेश साशंकर, कोषाध्यक्षमा सोम लामा लगायत अन्य सदस्य रहेका छन् । कार्यक्रममा नेकपा माओवादी विद्यार्थी संगठन विभाग प्रमुख विश्वमणि थापा, आर्थिक विभाग प्रमुख जगदेव महतो, आयोजक कमिटि सदस्य कृष्ण सापकोटा लगायतको सहभागिता रहेको थियो । ंयसैविच मोहन बैध अध्यक्ष रहेको नेकपा माओवादीले सोमबार ढुगे्रखोलामा गाउँ कमिटी गठन गरेको छ । सीता मैनाली अध्यक्ष रहने गरी १९ सदस्यिय कमटी गठन गरिएको पार्टीले जनाएको छ ।
No comments:
Post a Comment