Tuesday, February 11, 2014

सर्लाहीमा ६ जिल्लाको फूटबल भिडन्त

सर्लाहीमा ६ जिल्लाको फूटबल भिडन्त
सर्लाही समाचारदाता
लालबन्दी, माघ २८ । रेडवुल सी डिभिजन जिल्ला लिग फुटवल प्रतियोगिता मंगलबारदेखि लालबन्दीमा सुरु भएको छ ।
आ–आÇनो जिल्लामा लिग च्याम्पियन बनेका ६ वटा टोलीबीच खेल सुरु भएको हो । मंगलबार भएको पहिलो दिनको दुई खेलमा धनुषा र सर्लाही विजयी भएका छन् । पहिलो खेलमा सर्लाहीले महोत्तरीलाई ३–१ ले पराजीत ग¥यो । खेल सुरु भएको ६ मिनेटमा नै महोत्तरीका नीरवहादुर आलेले १ गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
२०औं मिनेटमा सर्लाहीका वेनीबहादुर कार्कीले गोल फर्काएर खेललाई बराबरीमा पु¥याए । ५९ औं मिनेटमा सुजन योन्जन र ६१ औं मिनेटमा मदन स्याङ्तानले गोल गर्दै फराकिलो अन्तरमा टिमलाई बिजयी बनाए ।
दोस्रो खेलमा धनुषाले उदयपुरलाई २–० गोलले पराजित ग¥यो । धनुषाका वेंकटेस सिंहले ३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । ६९ औं मिनेटमा धनुषाकै प्र्रताप सिंहले अर्काे गोल थप्दै टिमको जीत सुनिश्चित बनाए । प्रतियोगितामा वारा र सिन्धुली जिल्लाका टिम पनि सहभागी छन् । सर्लाहीबाट एभेरष्ट फुटवल एकेडेमी, धनुषाको वनदेवी माई युवा क्लव, वाराको कलैया फुटवल क्लव, महोत्तरीको न्यु एकेडेमी स्पोर्टस क्लव, सिन्धुलीको शिवशक्ति युवा क्लव र उदयपुरको गाईघाट फुटवल क्लव प्रतिस्पर्धामा रहेका छन् । ३–३ वटा जिल्लालाई दुईसमूहमा राखेर हाल लिग चरणको खेल भईरहेको छ । जिल्ला फुटवल संघका अध्यक्ष पुरुषोत्तम अधिकारीले ३ गते फाइनल खेल हुने जानकारी दिए । प्रतियोगितामा च्याम्पियन हुने टिमले सि डिभिजन राष्ट्रिय प्रतियोगितामा भाग लिन पाउनेछ भने उक्त प्रतियोगितामा विजयी हुने टिमले बी डिभिजनमा प्रवेश पाउनेछ ।

No comments:

Post a Comment