Tuesday, February 4, 2014

डान्सको अडिसन लालबन्दीमा हुने

डान्सको अडिसन लालबन्दीमा हुने
सर्लाही समाचारदाता
लालबन्दी, माघ २१ ।  टिभी फिल्मी च्यानलले संचालन गर्न लागेको डान्स नेपाल डान्सको अडिसन लालबन्दीमा हुने भएको छ ।
असमथुपिका कला केन्द्र लालबन्दी र सिर्जना यूवा क्लव लालबन्दीको संयोजनमा फागुन १० गते अडिसन हुन लागेको हो । लालबन्दी सँगै धरान, हेटौंडा, चितवन, बुटवल लगायतका स्थानमा पनि अडिसन हुने बताईएको छ । अडिसनबाट छनौट भएका प्रतिभाहरुलाई काठमाण्डौमा हुुने अडिसनमा सहभागि गराईनेछ । अडिसनको टिभी फिल्मी च्यानलले प्रत्यक्ष प्रसारण गर्ने भएको आयोजक अध्यक्ष यूपी आले र नृत्य निर्देशक संजय बलम्पाकी मगरले जानकारी दिए । साथै अडिसनमा भाग लिन चाहनेहरुले असमथुपिका कला केन्द्र लालबन्दी सम्पर्क गर्न सकिने  आयोजकले जनाएको छ ।

No comments:

Post a Comment