जुवाडे पक्राउ
सर्लाही समाचारदाता
अत्रौली, माघ २८ । इलाका प्रहरी कार्यालय हरिवनको टोलीले मंगलबार सार्वजनिक स्थानमा तास खेलिरहेको अवस्थामा आधा दर्जन भन्दा बढीलाई नियन्त्रणमा लिएको छ ।
अत्रौली गाविस स्थित सार्वजनिक स्थानमा तास खेलिरहेको अवस्थामा स्थानीय आधा दर्जनभन्दा बढीलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय हरिवनका प्रमुख प्रहरी निरीक्षक महेश थापाले बताए । पक्राउ परेकाहरुलाई पहिलो पटक आइन्दा तास नखेल्ने लिखित कागज गराएर साँझ छाडिएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।
समाजमा विकृति फैलाउने हुनाले जुवा, तास जस्ता क्रियाकलापमा संलग्नलाई नियन्त्रणमा लिई कानून बमोजिम कार्वाही गरिने प्रहरी निरीक्षक थापाले बताए । राज्यद्वारा प्रतिबन्धित एवं गैरकानूनी क्रियाक्लाप गर्नेलाई तुरुन्त कानूनी दायरामा ल्याईने समेत थापाले चेतावनी दिए ।
No comments:
Post a Comment