सीएफएल वितरण गर्ने क्रम जारी
सर्लाही समाचारदाता
लालबन्दी, माघ २० । विद्युत खपत कम गर्न एक नगरपालिका र विभिन्न गाविसमा अहिले निशुल्क सीएफएल चिम वितरण गर्ने काम भैरहेको छ ।
जिल्लाको लालबन्दी, बरहथवा, कौडेना, मलंगवा, हरिपुर्वा, पछ्गछिया फिडरबाट अहिले धमामध चिम वितरण गर्ने काम भैरहेको हो । क्षेत्रिय कार्यालय जनकपुरबाट प्राप्त सीएफएल चिम विभिन्न गाविस र मलंगवा नरपालिकाको वडामा गएर वितरण गर्ने काम जारी रहेको प्राद्यिकरण शाखा मलंगवामा प्रमुख दिपेन्द्र राज द्धिवेदीले बताए ।
मंसिर मसान्तसम्मको विद्युत महशुल बुझाउने ग्राहकलाई एउटा चिम निशुल्क प्रदान गरिने प्राधिरकणले जनाएको छ । सर्लाहीमा माघ मसान्त सम्म २५ हजार ग्राहकलाई यस किसिमको चिम वितरण गरिने लक्ष्य राखिएको छ । जिल्लाका कुल ५३ हजार सेवाग्राही मध्ये बाँकीलाई दोस्रो लटमा चिम वितरण गर्ने कार्यालयले जनाएको छ । रातो चिमको प्रयोग धेरै बढेकाले खपत घटाउन सीएफएल चिम वितरण गरेको प्राधिकरणले जनाएको छ ।
No comments:
Post a Comment