मोवाइल नेटवर्कले काम गरेन
सर्लाही समाचारदाता
हरिवन, माघ २७ । सोमवार अपरान्हदेखि नेपाल टेलिकमको नेटवर्कले काम नगर्दा सेवाग्राहीहरु मर्कामा परेका छन् ।
टेलिकमले आफ्नो दशौँ वार्षिक उत्सवको अवसरमा विभिन्न छुट प्रदान गरेको भएपनि आफुहरुको क्षेत्रमा भने नेटवर्क नै नआएको सेवाग्राहीहरुको गुनासो छ ।
सोमबार अपरान्हदेखि साँझसम्म जिल्लाभरिनै क्षेत्रमा यस्तो समस्या देखा परेको हो । आफुहरुको क्षेत्रमा नेपाल टेलिकमको टावर नआउँदा मोवाईलबाट आफन्तसँग कुराकानी गर्न निकै समस्या भएको रानीगंजमा अच्युतम पौडेले बताए । नेटवर्कमा समस्या आएपछि सम्पर्क गर्नका लागी कुनै अग्लोभाग तथा रुखमा चढ्नु पर्ने बाध्यता रहेको सेवाग्राहीहरुको गुनासो छ । नेपाल टेलिकमको टावरले प्रभावकारी तरिकाले काम नगरेपछि सेवाग्राहीहरुले अन्य सेवा प्रदायक कम्पनीका सिमकार्ड प्रयोग गर्न थालेका छन् ।
नेपाल टेलिकम मलंगवा शाखा श्रोतका अनुसार काठमाण्डौ बाटै नेटवर्कमा खरावी आएकोले जिल्लामा समस्या भएको बताए । मूलुकको नारायणी र जनकपुर अंचलका सवै जिल्लाहरु क्रमस चितवन, मकवानपुर पर्सा, वारा, रोतहट, सर्लाही, महोतरी, धनुषा, सिन्धुली, रामेछापका टेलिकमको पोष्टपेड र प्रिपेड मोवाइलको विलिङ्गका कारण प्रिपेड मोवाइलको सेवा केहीघण्टा अवरुद्ध भएको श्रोतले बतायो ।
No comments:
Post a Comment