विद्युतको टुंगो छैन
सर्लाही समाचारदाता
हरिपुर, माघ २९ । हरिपुर शवस्टेशनमा मंगलबार विद्यूत सर्ट भएर भएको आगालागीबाट करिब ५० लाख बरावरको क्षति भएको प्राधिकरणले जनाएको छ ।
मंगलबार दिउँसो एक्कासी प्यानल बोर्डमा आगालागी हुँदा चन्द्रनिगाहपुरबाट ३३ हजार भोल्टमा आएको विद्युत क्षमता रहेको प्यानल बोर्डमा क्षति पुगेको थियो । आगालागी पश्चात हाल अस्थायी रुपमा काम चलाएर विद्युत वितरण गरिएको लालबन्दी प्रशाखाका प्राविधिक मोहन श्रेष्ठले जानकारी दिए । अहिले काम चलाउनका लागी बैकल्पिक उपाय अपनाईएको र यो उपाय जुनसुकै बेला पनि बिग्रन सक्ने श्रेष्ठको भनाई छ ।
प्यानलमा आगलागी भएपछि जिल्लाको लालबन्दी,बरहथवा र पछगछियाका फिडरमा बैकल्पिक उपाय अपनाएर विद्युत लाईन सुचारु गरिएको हो । मर्मतको लागी सामान अन्यत्रबाट मगाउने प्रयास भैरहेको नेपाल विद्युत प्राधिकरण शाखा मलंगवाका प्रमुख दिपेन्द्रराज द्धिवेदीले बताउनुभयो ।
उनका अनुसार अहिले यी फिडर अन्तर्गतका दुईदर्जन भन्दा बढि गाविसहरुमा बैकल्पिक उपाय अपनाईएको छ ।
No comments:
Post a Comment