मानव धर्म प्रवचन
सर्लाही समाचारदाता
सुखेपोखरी, माघ २१ । हरिवन ७ मा रहेको चर्तुभुजेश्वर शिव मन्दिरमा मंगलवार एक दिने धार्मीक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । नेपाल मानव धर्म सेवा समिति जनकपुरको आयोजनामा भएको प्रवचनमा सरयु बाईजी र सम्झना बाईजीले प्रवचन दिएका थिए ।
त्यसैगरी श्रीपञ्चमीको अवसरमा मन्दिर परिसरमा रहेको वर पिपलको विवाह समेत गरिएको शिव मन्दिर उप समितिका संंयोजक बुककुमारी थापाले जानकारी दिइन् ।
No comments:
Post a Comment