हेपाटाइटिस ‘बी’बाट एकको मृत्यु
–राकेश गुप्ता÷सर्लाही दैनिक
किशनपुर, फागुन ०२ । सर्लाहीको किसनपुर गाविसमा हेपाटाइटिस ‘बी’ को प्रकोप देखापरेको छ । सो रोगको प्रकोपवाट शुक्रबार एक विरामीको मृत्यु भएको छ ।
किसनपुर गाविस–१ का ४६ वर्षीय रामप्रताप दासको हेपाटाइटीस बी बाट मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन् । निम्न आर्थिक अवस्थाका कारण उपचार अभावमा दासको मृत्यु भएको हो । सर्लाही जिल्ला अस्पतालमा उपचार गराउँदा पनि रोग ठिक नभएको र बाहिर गएर उपचार गराउने आर्थिक क्षमता नहुदा बुवाको मृत्यु भएको मृतक दासका छोरा अजयले बताए ।
दासको उपचार अभावमा मृत्यु भएपछि किसनपुरका अन्य ८ जना हेपाटाइटीस बी का विरामी चिन्तीत बनेका छन् । जिल्ला स्वस्थ्य कार्यालयले गाउँमा गएर तथ्यांक संकलन गरे उपचारका लागि केहि पहल नगर्दा विरामीहरु चिन्तीत बनेको स्थानिय नविन ठाकुरले बताए । किशनपुर लगायत आसपासका गाविसहरुमा विगत केही समयदेखि हेपाटाइटिस बी को प्रकोप बढेको स्वास्थ्यकर्मीले बताएका छन् । समयमै नियन्त्रण नभए त्यस क्षेत्रमा हेपाटाईटीस बी को प्रकोपबाट सबै सर्वसाधारण आतंकित बनेका छन् ।
No comments:
Post a Comment