–सुनिल ठाकुर÷सर्लाही दैनिक
मलंगवा, माघ २९ । विद्यालय शान्ति क्षेत्र सम्बन्धि १ दिने अभिमुखिकरण गोष्ठी बुधबार मलंगवामा सम्पन्न भएको छ ।
युनिसेफको सहयोग तथा जिल्ला शिक्षा कार्यालय सर्लाहीको अयोजनामा उक्त कार्यक्रममा भएको हो । कार्यक्रमबाट जिल्लाको ८१ वटा विद्यालयमा शान्ति क्षेत्र सम्बन्धि आचारसंहिता लागु गरिएको कार्यक्रमका संचालक तथा जिल्ला शिक्षाका कार्यालयका स्रोत व्यक्ति कमलेश कुमार कर्णले जानकारी दिए । संचारकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा आयोजकले आचारसंहिता लागु भएको विद्यालयमा के कति कमि कमजोरी रहेको छ त्यसबारे अवलोकन गरि समाचार प्रकाशन प्रसारण गरिदिनका लागि पनि कर्ण आग्रह गरेका थिए ।
विद्यालयमा सशस्त्र गतिविधि गर्न नहुने, दलगत कुनै पनि कार्यक्रम सभा सम्मेलन गर्न नहुने, भेदभाव तथा शोसन मुक्त राख्नु पर्ने नियमहरु रहेको छ । तराईका विद्यालयहरुमा खासगरि राजनीतिक सभा सम्मेलन गर्ने, जन्ती राख्ने विभिन्न धार्मिक कार्यक्रमहरु गर्ने गरेको पाइएकोले त्यसबारेमा पनि समाचार प्रशासन गर्नका लागि समेत आग्रह गरे ।
विद्यालयबाट विद्यार्थीले गुणस्तरीय शिक्षा पाउनु पर्ने, बालमैत्री शिक्षा दिनु पर्ने लगायतका कार्यक्रम संचालन गरिएको कर्णले बताए । कुनै आपद विपतबाट ग्रसित भएका व्यक्तिलाई विद्यालयमै शरण दिने कार्यले पनि विद्यालयमा पठन पाठन प्रभावित भएको शिक्षा कार्यालयका उपसचिव चेतकुमार पोखरेलले जनाए । शिक्षा राम्रो भए मात्र देश प्रगति गर्ने पोखरेलको धारणा थियो ।
साथै कार्यक्रममा बालसंरक्षण संस्था लालबन्दीका किशोर शर्माले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गर्ने सम्बन्धि सुचना प्रकाशन प्रसारण गर्नका लागि केही रकम आएकोले त्यसको बाडफाँट कसरी गर्ने त्यस सम्बन्धि समेत कार्यक्रममा छलफल भएको थियो ।
No comments:
Post a Comment