आगो ताप्न दाउरा वितरण
सर्लाही समाचारदाता
गैर, माघ १८ । अत्याधिक चिसो बढेपछि बेला र किसनपुरमा सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्थाका लागी शनिवार निःशुल्क दाउरा उपलब्ध गराइएको छ ।
फुलजोर बाबा साझेदारी वनबाट दाउरा निःशुल्क उपलब्ध गराएपछि गाविसको सहयोगमा आगोको व्यवस्था गरिएको हो । बेला र किसनपुर गाविसका सचिव हरिकान्त लाल कर्णका अनुसार विभिन्न चोक, मठ मन्दिर, विपन्न समुदायको बसोवास रहेको ठाउँमा दाउरा वितरण गरी आगोताप्ने व्यवस्था मिलाइएको हो ।
यसैबीच केहीदिन देखिको शितलहर सहितको अत्याधिक चिसोबाट पीडित बनेका सर्वसाधारणले शनिबार अपरान्हबाट लागेको घामले केही राहत महसुस गरेका छन् ।
No comments:
Post a Comment