सर्लाही समाचारदाता
हरिवन, माघ १८ । सोनाम ल्होछार अवशरमा हरिवन–२ पाख्रिनटोलमा एक आपसमा खुशियाली साटासाट गर्दै साँस्कृतिक कार्यक्रमको आयोजना गरी मनाईएको छ ।
कलाकार काजिमान थिङ्को प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेताहरु छत्र बहादुर डुमजोन, सुरेन्द्र लामा,सर्लाही क्षेत्र नम्वर १ सभासद सम्भुलाल श्रेष्ठ लगायत सहभागी हुनु भएको थियो । राष्ट्रिय र स्थानीयका कलाकारहरुको सहभागितामा साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
No comments:
Post a Comment