Saturday, February 1, 2014

कृषि सहकारी उद्घाटन्

कृषि सहकारी उद्घाटन्
सर्लाही समाचारदाता
नवलपुर, माघ १८ । नेत्रगंज–९ मा कार्यालय रहेको एक कृषि सहकारी संस्थाको शनिवार उद्घाटन गरिएको छ ।
यूएनडिपी एलआरपीद्धारा सञ्चालित शान्तिको लागी जिवीकोपार्जनका कार्यक्रमका महिला सदस्यहरु संगठित भएरकेहि समय अघि दर्ता गरिएको अम्मर शान्ति कृषि सहकारी संस्थाहरुको उद्घाटन गरिएको हो ।
युएनडिपीले सहकारी संस्थालाई आय आर्जनका लागी दुई लाख ६१ हजार र कार्यालय सञ्चालनका लागी ३५ हजार बरावरको कार्यालय सामाग्री उपलब्ध गराएको छ ।
संस्थाका अध्यक्ष चनमाया पाख्रिनको अध्यक्षता, गाविस सचिव गोपाल थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल जनकल्याण समाज हरिवनका समाज परिचालक गोबिन्द पासवानले सहजीकरण गरेका थिए । कार्यक्रममा नन्देश्वर सामुदायिक वनका अध्यक्ष भिम पौडेल, नन्देश्वर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गंगामाया खड्का, एमाले नेता हरेराम बस्नेत, सामुदायिक मेल मिलाप केन्द्रका पञ्चलाल स्याङ्बो लगायतको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment