Thursday, February 13, 2014

निरक्षर उन्मुलनको लागि सर्वेक्षण

निरक्षर उन्मुलनको लागि सर्वेक्षण
हरिवन, फागुन ०१ । निरक्षर उल्मुलन गरी सवैलाइ साक्षरता बनाउने उद्येश्यकासाथ विहिवारबाट हरिवनमा घरधुरी सर्वेक्षण शुरु भएको छ ।
साक्षरता कक्षाका लागि चतुर्भुजेश्वर सामसुदायिक अध्ययन केन्द्र सुखेपोखरीले हरिवन गाविसको वडा नं. २,४,५ र ७ मा घरधुरी सर्वेक्षण शुरु गरेको हो । आगामि बैशाखको अन्तिम साता हरिवनका चार वडामा निरीक्षर उल्मुलन गर्नेगरी अभियान संचालन गर्ने कार्य अन्तर्गत विहिवारबाट घरधुरी सर्वेक्षणगरी निरक्षरको संख्या संकलन शुरु गरिएको केन्द्रका अध्यक्ष यामिनीकुमार दीपले जानकारी दिए ।
त्यसैगरी फागुन १ गते बाट जिल्लामा निरीक्षर उल्मुलनकालागि साक्षरता कक्षा सञ्चालन गर्ने भनिएता पनि अख्तियार दुरुपयोग अनुसंधान आयोगको टोलीले ‘झोल’े विद्यालयहरु सँग बयान लिनेक्रममा विद्यालय निरीक्षक र स्रोत व्यक्तिहरुले समय दिनु परेकाले कक्षा सञ्चालन गर्न ढिलो भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षरता कक्षा प्रभावकारी तवरले सञ्चालन गर्न समाजका सरोकारवालाहरु सँग प्रतिवद्ध गराउने गरी भेलाको आयोजना गरिने कार्यालयका प्राविधिक सहायक सुनिल कुमार कुशवाहले जानकारी दिए । कुशवाहका अनुसार कक्षा सञ्चालनका गर्नका लागी सबै आवश्यक पाठ्यप्ुस्तक समेत तयार भैसकेको छ ।  माघ १५ गतेबाट कक्षा सञ्चालन गर्ने भनियता पनि पाठ्यपुस्तकको अभावमा कक्षा सञ्चालनमा ढिलाई भएको थियो । यस वर्ष जिल्लामा  २५ हजार ९ सय ६१ साक्षर बनाउने लक्ष्य राखिएको छ । कक्षा सञ्चालनका लागी जिल्लामा ५६ वटा संघ संस्था छनोट गरिसकिएको छ  ।
१८ हजार १ सय ७० जनालाई साक्षर बनाउनको लागी ९ सय ९ जना स्वायवसेवेकलाई नेपाल सरकारको तर्फबाट र ७ हजार ७ सय ९१ जनालाई साक्षर बनाउनको लागी ३ सय ९३ जना स्वयंसेवकहरुलाई  संस्थाहरुले आर्थिक सुविधा प्रदान गर्ने बताईएको छ । यस वर्ष जिल्लाको ११ स्रोत केन्द्र अन्तर्गतका बलरा, रामवन, राजघाट, धनगढा, पिडारी, संग्रामपुर, गौरीशंकर, घुर्कौली, ईश्वरपुर, नारायणखोला गाविस र मलंगवा नगरपालिका साक्षरता कक्षा सञ्चालन गरिने बताईएको छ ।

No comments:

Post a Comment