लुटपाटगर्ने प्रहरी बारा पठाइयो
सर्लाही समाचारदाता
मलंगवा, फागुन ०१ । मलंगवा–३ स्थित मदरसा जिलानियाका मौलाना मो. शाहिद रजालाई दुव्र्यवहार गर्ने प्रहरीलाई विहीबार कारवाहीको सिफारिस सहित बारा पठाइएको छ ।
बाराको बेलवारी प्रहरी चौकीमा दरबन्दी भएका रामनगर बोहर्वा, हाल मलंगवा–३ का प्रहरी जवान राजिव शर्मा सिंहले मंगलबार साँझ मौलाना रजालाई दुव्र्यवहार गर्दा प्रहरी गस्ती टोलिले पक्राउ गरेको थियो ।
मौलाना रजा सलेमपुर पुजामा जान लाग्दा मलंगवा–४ स्थित रिङरोडमा प्रहरी जवानले लुटपाट गरी दुव्र्यवहार गरेका थिए ।
मुस्लिम धर्मगुरु रजालाई गरिएको आक्रमण आपत्तीजनक भएकोले घटनाको घोर भत्सर्ना गर्दै मुस्लिम सेवा समिति मलंगवाका अध्यक्ष अनवर अलि मिकरानीले दोषीलाई कारवाहीको माग गरेका छन् ।
मंगलबार साँझ मौलाना माथिको दुव्र्यवहारको विरोधमा बुधबार जिल्ला प्रहरीमा मुस्लिम समुदायबाट प्रदर्शन गरिएको एमाले जिल्ला कमिटी सदस्य देवेन्द्र रायले बताए ।
मौलाना रजा माथि आक्रमण गर्ने प्रहरी मानसिक अवस्था ठिक नभएको उल्लेख गर्दै जिल्ला प्रहरी प्रवक्ता पृथ्वीनारायण ओलीले अस्पतालबाट कार्तिकमा डिस्चार्ज भएका प्रहरी जवान शर्मा तीनदिन अघि कसैलाई नसोधी कार्यालयको डिउटीबाट भागेका बताए ।
No comments:
Post a Comment