खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिने
सर्लाही समाचारदाता
मलंगवा, माघ २१ । सर्लाहीमा माघ २४ र २५ गते जिल्ला सरसफाई सम्मेलन गरिने भएको छ ।
सन् २०१६ सम्ममा जिल्लालाइ खुल्ला दिशामुक्त जिल्ला घोषाणा गर्ने लक्ष्य अनुरुप सम्मेलन गर्न लागिएको स्थानीय विकास अधिकारी उमेश बस्नेतले बताए ।
सरसरफाई सम्मेलनको तयारी तीव्र रुपमा अगाडि बढाएको उल्लेखगर्दै अधिकारी बस्नेतले सम्मेलन पश्चात घर–घरमा चर्पी बनाउने अभियान सञ्चालन गरिने बताए ।
सम्मेलनमा सहरी विकास मन्त्रालयका सचिव, वातावरण विज्ञ, सरोकारवाला निकायका प्रतिनिधी, लगायत सहभागी हुने बताईएको छ ।
No comments:
Post a Comment