Thursday, February 6, 2014

संस्थाको क्रियाकलाप सार्वजनिक

संस्थाको क्रियाकलाप सार्वजनिक
सर्लाही समाचारदाता
नवलपुर, माघ २२ । नेपाल जन कल्याण समाजले बुधवार नेत्रगंज गाविस भित्र गरेको क्रियाकलापको सरोकारवालाहरुलाई जानकारी गराएको छ ।
संस्थाले युएनडिपी एलआरपीको सहयोगमा शान्तिको लागी जिविको पार्जन परियोजना अन्तर्गत २०६६ साल देखी २०७० साल सम्म गरेको आय आर्जन तथा भौतिक पुर्वधारका काममा भएका खर्चहरुको जानकारी गराएको हो ।
गाविस सचिव गोपाल थापाको अध्यक्षता तथा कार्यक्रम संयोजक सरीता कट्वालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको कार्यक्रममा विभिन्न जीविकोपार्जन समुहका महिला सदस्यहरुको लागी आय–आर्जन तथा समाजमा विद्युतीकरण, सिँचाई, कल्बड निमार्ण, कृषि सहकारी लगायतमा १५ लाख ७८ हजार २ सय ५० रुपैँया खर्च भएको समाज परिचालक गोविन्द पासवानले जानकारी गराएका थिए ।
विभिन्न राजनीतिक दलका प्रतिनिधी, संघसंस्थाका प्रतिनिधी, सञ्चारकर्मी लगायतको रोहवरमा संस्थाले आफ्ना कार्य एवं क्रियाकलाप जानकारी गराईएको थियो ।

No comments:

Post a Comment