Thursday, February 13, 2014

खुला दिशा गर्नेलाई जरिवाना

खुला दिशा गर्नेलाई जरिवाना
सर्लाही समाचारदाताा
किशनपुर, फागुन ०१ । किशनपुर गाविसमा विहिबार भएको सर्वपक्षीय भेलाले खुला स्थानमा दिशा गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
किशनपुर गाविस सचिव हरिकान्तलाल कर्णले खुला स्थानमा दिशा गर्नेलाई पहिलोपटक चेतावनी स्वरुप एकसय रुपैंया जरिवाना गर्ने र दोस्रोपटकदेखि जरिवाना रकम बढाउँदै लैजाने निर्णय भएको बताए । त्यस्तै भेलाले गाविसलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि १८ सदस्यीय गाउँ सरसफाई समन्वय समिति गठन गरेको छ भने ५ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ ।
राजनैतिक दलका स्थानीय नेता, नागरिक समाजका प्रतिनिधि, समाजसेवी, व्यापारी, स्थानीय सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि लगायत उपस्थित भेलाले गाउँलाई खुला दिशामुक्त क्षेत्र बनाउनका लागि विविध क्रियाक्लाप गर्न समिती गठन गरेको हो । समितीमा रहेका पदाधिकारी एवं सदस्यले फागुन मसान्तभित्र आ–आÇनो घरमा सौचालय बनाउनुपर्ने र २०७१ साल चैत मसान्त भित्र गाउँका सबै बासिन्दाले आ–आÇनो घरमा सौचालय बनाउनुपर्ने निर्णय समेत भेलाले गरेको छ । २०७१ चैत मसान्त भित्र आ–आÇनो घरमा सौचालय नबनाउनेलाई २०७१ वैशाख १ गतेबाट गाविसबाट प्रदान गरिने सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय समेत भेलाले गरेको गाविस सचिव कर्णले बताए ।
सचिव कर्णका अनुसार गाउँलाई खुला दिशामुक्त बनाउनका लागि बुधबारबाटै  स्थानीय स्तरमा जनचेतनामूलक कार्यक्रम सुरु गर्नेछ । खुला दिशा हुने स्थानहरुमा साँझ–विहान सिठ्ठी, टिन, घण्टी बजाउने, जनचेतनामूलक ¥याली, सडक नाटक, तालिम आदि क्रियाक्लापहरु गर्ने निर्णय समेत भेलाले गरेको छ ।
भेलाले गाउँलाई खुला दिशामुक्त बनाउनका लागि विभिन्न नाराहरु समेत तय गरेको छ । ‘आÇनो घरमा चर्पी बनाऔं, चर्पीमा दिशा गर्ने बानी बसालौं, गाविसलाई खुला दिशामुक्त क्षेत्र बनाऔं, खाना खानु अघि र दिशा गरेपछि साबुन पानीले हात धुने बानी बसालौं, सफा, स्वच्छ र सुन्दर गाविस बनाऔं’ लगायत नाराहरु तय गरिएको सचिव कर्णले बताए ।
गत शनिबार सम्पन्न जिल्ला सरसफाई सम्मेलनले सर्लाहीलाई २०७२ साल चैत मसान्त भित्र खुला दिशामुक्त क्षेत्र बनाउने गरि १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको थियो । सोही घोषणापत्रलाई सघाउनका लागि सम्पूर्ण गाविस सचिवहरुलाई आ–आÇनो गाविसमा क्रियाक्लाप अगाडी बढाउन गाविस सचिव हकहित संरक्षण केन्द्र सर्लाहीका अध्यक्ष समेत रहेका कर्णले आग्रह गरे । जिल्लालाई वि.सं. २०७२ (सन् २०१६) सम्ममा खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्ने लक्ष्यका साथ अहिले विभिन्न गाविसहरुमा सरसफाई अभियान शुरु गरिएको हो ।

No comments:

Post a Comment