Thursday, February 13, 2014

सहकारीको उद्घाटन

सहकारीको उद्घाटन
सर्लाही समाचारदाता
सासापुर, फागुन ०१ ।  सासापुरमा विहिवार एक कार्यक्रमका बीच कृषि सहकारी संस्थाको उद्घाटन गरिएको छ । यूएनडिपी एलआरपीले शान्तिको लागी जिविकोपार्जन परियोगजना कार्यक्रम अन्तर्गत सासापुर १ मा रहेको जयमातादी तथा बिस्मीला समूहका जिविकोपार्जन समूहका सदस्यहरुलाई संगठित गर्दैै केहि समय अघि दर्ता गरिएको मौलाकाली जिविकोपार्जन कृषि सहकारी संस्थाको उद्घाटन गरिएको हो ।
संस्थाका अध्यक्ष जागिर शेखको अध्यक्षता तथा यूएनडिपी एलआरपीको कार्यक्रम अन्तर्गत नेपाल जन कल्याण समाज नयाँरोडकी कार्यक्रम संयोजक सरिता कट्वालको प्रमुख आतिथ्यतामा संस्थाको उद्घाटन गरिएको हो ।  कार्यक्रममा एकीकृत नेकपा माओवादीका रामचन्द्र कुशवाह, एमालेका रामवीर चौधरी, महिला अधिकारकर्मी पद्मा मोतmान (थोकर), सासापुर स्वास्थ्य चौकीका ईन्चार्ज रिजन महतो, माईरानी माविका शिक्षक किशोरी राय, संघिय समाजवादीका छिरिङ मोतmानले मन्तव्य राखेका थिए । गाविस भित्रमा यूएनडिपीले आय आर्जन तर्फ पाँचलाख, भौतिक पूर्वधारमा ईनार तथा सामुदायिक भवन निमार्णका लागी ६ लाख गरी करिव ११ लाख रुपैँया खर्च गरेको समाज परिचालक अनिता लामाले जानकारी दिइन् ।

No comments:

Post a Comment