आठसयभन्दा बढीले गरे बन्ध्याकरण
सर्लाही समाचारदाता
मलंगवा, माघ १९ । जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीले सञ्चालन गरेको स्थायी बन्ध्याकरण शिविरमा हालसम्म आठसयभन्दा बढी महिलाहरुले बन्ध्याकरण गराएका छन् ।
कार्यालयले पुस महिनादेखी सञ्चालन गरेको शिविरमा सिसौटिया गाविसमा चारसय १० र मलंगवामा चारसय भन्दा बढी महिलाहरुले स्थायी बन्ध्याकरण गराएका हुन् ।
जिल्लाको दक्षिणी क्षेत्रका मधेशी महिलाहरुलाई स्थायी बन्ध्याकरण तर्फ आकर्षित गर्ने उद्देश्यले शिविर सञ्चालन गरेको कार्यालयका जन स्वास्थ्य अधिकृत प्रभाकर शाहले बताए । स्थायी बन्ध्याकरण गर्न आउने महिलाहरुलाई कार्यालले एकसय ५० रुपैँया नगद समेत प्रदान गरेको शाहले जानकारी दिए । फागुनको दोस्रो हप्तासम्म जिल्लामा यो शिविर सञ्चालन गरेर १५ सय भन्दा बढीलाई स्थायी बन्ध्याकरण गराउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । मधेशी समुदायका महिलाहरुलाई यस तर्फ आकर्षित गर्नका लागी जिल्लाको अचलगढ, डुमरिया लगायतका गाविसमा पनि यस्तो शिविर सञ्चालन गरिने बताईएको छ ।
No comments:
Post a Comment