आगो ताप्नका लागि दाउरा वितरण
सर्लाही समाचारदाता
बरहथवा, माघ १९ । अत्याधिक जाडो भएका कारण बरहथवा–४ पुरानो चोकमा आइतबार प्रहरीको सहयोगमा आगो ताप्ने व्यवस्था मिलाईएको छ ।
स्थानीय स्तरमा दाउरा संकलन गरी मानिसहरुको आवात जावात बढी भएको ठाउँमा आगो ताप्ने व्यवस्था मिलाईएको प्रहरी नायव निरीक्षक राकेश प्रसाद भेडिहरले जानकारी दिए । अत्याधिक मात्रामा चिसो बढेपछि सोमबारदेखि गाविससँग समन्वय गरी दाउरा वितरण गरिने उनको भनाई छ ।
त्यस्तै सर्लाहीको बेला, किसनपुर, मुर्तिया लगायत क्षेत्रमा पनि विभिन्न पक्षहरुसँग समन्वय गरेर दाउरा वितरण भैरहेको छ । आइतबार बिहानैबाट चिसो हावासँगै बाक्लो मात्रामा कुहिरो लागेर सर्लाहीको जन जीवन निकै कष्टकर बनेको छ । यसैबीच अत्याधिक मात्रामा चिसो बढेपछि सदरमुकाम मलंगवाका सरकारी कार्यालयहरुमा समेत सेवाग्राहीको चाप घटेको कार्यालयले जनाएको छ ।
No comments:
Post a Comment