Thursday, February 13, 2014

यी हुन् लागूऔषध कारोबारीका आरोपी

यी हुन् लागूऔषध कारोबारीका आरोपी



लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा एकसाताभित्र पक्राउ परेका बायाँबाट क्रमशः महोत्तरी बलुवा गाविस–७ का २६ वर्षिय जीवन महतो र सर्लाहीको ढुंग्रेखोला गाविस–२ की आशामाया वल एवं  मलंगवा नगरपालिका–१० का २३ वर्षिय उदयकुमार यादव र जमुनिया गाविस–४ का २२ वर्षिय विजय यादव । चारैजनालाई इलाका प्रहरी कार्यालयले लागूऔषध सहित पक्राउ गरेको हो । महतो र बललाई गत सोमबार तथा यादवद्वयलाई गत मंगलबार राती प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका चारजनालाई नै इलाका प्रहरी कार्यालय हरिपुरले कार्वाही प्रकृया अगाडी बढाएको छ । पक्राउ परेलगतै इलाका प्रहरी कार्यालय हरिवनले थप कार्वाही प्रकृयाका लागि हरिपुर प्रहरीसमक्ष बुझाएको थियो । मलंगवा नगरपालिका–१० का २३ वर्षिय उदयकुमार यादव र जमुनिया गाविस–४ का २२ वर्षिय विजय यादवलाई लागूऔषध नियन्त्रण ऐन अनुसार विहिबार जिल्ला अदालतबाट ६ दिन एवं महतो र बललाई गत मंगलबार ५ दिन म्याद लिएर कार्वाही प्रकृया अगाडी बढाईएको हरिपुर प्रहरीले जनाएको छ । यादवद्वयलाई जानकीनगरबाट घुर्कौलीतर्फ ८० बोतल कोरेक्स बोकेर द्यच् घण्म्छण्द्दढ नम्बरको भारतीय मोटरसाईकलमा आउँदै गरेको अवस्थामा घुर्कौली गाविस–६ बाट मंगलबार राती ९ बजे इलाका प्रहरी कार्यालय हरिवनले नियन्त्रणमा लिएको थियो ।  त्यस्तै महतो र बललाई गत सोमबार विहान बलकै घरमा छापा मारेर लागूऔषध सहित पक्राउ गरेको हो । उक्त घरबाट कोरेक्स, प्रोक्सीभन लगायत लागूऔषध एवं ८५ हजारभन्दा बढी नगद बरामद् भएको थियो । सर्लाहीमा लागूऔषधको कारोबार एवं दुव्र्यसन बढेको र त्यसबाट अपराधिक क्रियाक्लाप समेत बढेको भन्दै इलाका प्रहरी कार्यालयले आक्रामक ढंगले कार्वाही प्रकृया अगाडी बढाएको प्रहरी निरीक्षक महेश थापाले बताए । भारतीय बजारमा सहजै उपलब्ध हुने त्यस्ता औषधीहरु नेपालमा भने कानूनी रुपमा प्रतिबन्धित रहेको छ । त्यस्ता औषधीहरु सर्लाहीका विभिन्न नाकाबाट भित्र्याई जिल्लाको उत्तरी क्षेत्रमा ल्याउने र काठमाडौं सहित मुलुकका विभिन्न शहरहरुमा समेत लागूऔषधको रुपमा कारोबार गर्ने गरिएको जानकारहरु बताउँछन् ।

No comments:

Post a Comment