उखु सहित ट्रयाक्टर बरामद्
सर्लाही समाचारदाता
मलंगवा, माघ १९ । सर्लाहीको बहादुरपुर नाकाबाट सशस्त्र प्रहरीले भन्सार छलि उखु ल्याईरहेको एक ट्¥याक्टर बरामद गरेको छ ।
भारतबाट उखु लोड गरी ल्याउँदै गरेको नम्वर प्लेट नभएको ट्रयाक्टर बोर्डर आउट पोष्ट बारा उधोरणले बरामद गरेको हो ।
बरामद गरिएको करिव दुईलाख ३९ हजार बराबरको ट्रयाक्टर जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाईएको छ । उखु ल्याउने व्यक्ति र ट्¥याक्टर चालक भने प्रहरीलाई देख्नासाथ फरार भएका थिए ।
No comments:
Post a Comment